सेभेन ए साईडमा एम–१२ च्याम्पियन, मनोज बने सर्वाेत्कृष्ट खेलाडी
कास्की | जेठ १४, २०७९
पोखरा : केआईइसी एम १२ ले जनएकता क्लबद्वारा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । रामेश्वरी माविको खेल मैदानमा शनिबार भएको फाईनल खेलमा एम–१२ ले रत्नचोकलाई ४–१ गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।
उपाधिसँगै एम–१२ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे । भने उपविजेता बनेको रत्नचोकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६१ हजार १ सय ११ रुपैयाँ हात पार्याे । खेलमा एम १२ का लागि अविनास तामाङले ह्याट्रिक गरे ।
सरोज तितुङले १ गोलको योगदान दिए । यता हार व्यहोरेको रत्नचोकका लागि सोनु गुरुङले सान्त्वना एक गोल फर्काए ।
कुल ४६ टोलीको सहभागिता रहेको प्रतियोगितामा फाईनल खेलको म्यान अफ दि म्याच अनिवास तामाङ घोषित भए । प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार मनोज गुरुङ घोषित भए । उत्कृष्ट गोलरक्षकका रुपमा सोही क्लबकै रोमन थापामगर पुरस्कृत भए ।
यसैगरि उत्कृष्ट डिफेण्डरका रुपमा योगेश गुरुङ घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार सरोज तितुङ पुरस्कृत भए । उत्कृष्ठ खेलाडीले नगद ५ हजार प्राप्त गर्दा अन्य विधाका खेलाडीले ३÷३हजार रुपैयाँ प्राप्त गरेका थिए ।
विजेता तथा उपविजेता टोलीलाई पोखरा–१४ का नवनिर्वाचित वडाध्यक्ष बोधबहादुर कार्की, समाजसेवी अमृतबहादुर कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

